अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 08:54

चौथो सांस्कृतिक साँझ प्रस्तुति हुने 

बिआरटीनेपाल २०७७ असोज ७ गते २०:५६ मा प्रकाशित
सिकागो, आगामी अक्टोबर २५ शुक्रवारका दिन एसोसिएसन अफ नेपलिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिसौरी च्याप्टर, सेन्ट लुईसको आयोजनामा चौथो सांस्कृतिक साँझ प्रस्तुति जुम प्रविधिबाट गरिने भएको छ । विगतका समयमा नेपाल, अमेरिका लगायत अन्य मुलुकका ख्याति प्राप्त कलाकारहरूबाट यस्ता कार्यक्रममा प्रस्तुति भैसकेको छ । अबको यस चौथो सांस्कृतिक कार्यक्रममा ख्याति प्राप्त गायिका बानिका प्रधान लगायत अन्य थुप्रै गीतकारहरूको प्रस्तुति हुनेछ । आयोजकले सम्पूर्ण शुभचिन्तक, संगीतप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भई मनोरञ्जन लिन हुन संयुक्त रूपमा सबैमा आग्रह गरेको छ ।
सदाझैँ बलराम पन्थी र उर्मिला निर्दोषीले उक्त कार्यक्रम सञ्चालन गर्नु हुने छ । उहाहरुले भन्नु भयो विगतका कार्यक्रम अपार सफलतापूर्वक सम्पन्न भए पछि पुनः कार्यक्रम ल्याउन माग भए पछि यो चौथो सांस्कृतिक कार्यक्रम लिएर आउने जमर्को गरेका छौ । कार्यक्रम अक्टोबर २५, शुक्रवार,२०२० साँझ ८ बजे सिकागो समय (सेन्ट्रल टाइम ), न्यु योर्क समय ९ बजे, ६ बजे क्यालिफोर्निया समय र नेपाल समय ६:४५ बजे बिहान ( शनिवार अक्टोबर २५) हुनेछ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण बिआरटी नेपाल डटको फेसबुक पेजबाट हुनेछ । प्रत्यक्ष प्रसारण हेर्न यो लिन्कमा जानु होला ।
प्रतिक्रिया