अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६
| Colorodo: 08:51
अमेरिकाको न्यूयोर्कमा स्थानीय समय अनुसार शनिबार बिहानै अन्धाधुन्ध गोली प्रहार हुँदा दुईजनाको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्कको रोचेस्टरमा भएको स्थानीयको पार्टीको क्रममा गोलीकाण्ड भएको हो । घटनामा कम्तीमा १४ जना घाइते भएका छन्।
पेन्सिलभेनिया एभिन्यू नजिक घटना भएको हो। रोचेस्टर प्रहरीका कार्यकारी प्रमुख मार्क सिमोन्सले घटनामा १८ वर्षका युवक र २२ वर्षकी युवतीको ज्यान गएको हो। झण्डै १०० जनाको जमघट रहेको पार्टीमा गोली चलेको हो।