अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 16:21

अस्ट्रेलियामा फेसबुक, गुगलसित सम्बन्धित कानुनमा संशोधन गर्न प्रस्ताव

बिआरटीनेपाल २०७७ असोज १ गते ७:४४ मा प्रकाशित

फेसबुक र गुगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्नेसम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुवै निकायलाई आफ्नो संशोधन पेस गर्न समय दिइएको छ ।तर, मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिकरुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् ।अस्ट्रेलियाली स्वच्छ व्यापार नियामक रड सिम्सले आफूले कानुनको अन्तिम मस्यौदा संसदमा बुझाउन लागेको बताउनुभएको छ ।

प्रस्तावित कानुनमा अक्टोबरको सुरुदेखि नै फेसबुक र गुगलले अस्ट्रेलियाली सञ्चारमाध्यमका समाचार सामग्री उद्धृत गरेमा, छापेमा सञ्चारमाध्यमलाई भुक्तानी गर्नुपर्ने व्यवस्था समेटिएको छ ।फेसबुकले समाचार दिनुको साटो अस्ट्रेलियाली समाचार सामग्री आफ्नो साइटमा नदेखिने बनाउन लागेको चेतावनी दिएको छ ।गुगलले पनि प्रस्तावित कानुनले गुगल सर्च र युट्युबमा नकारात्मक असर पर्ने जनाएको छ ।

गुगलले निःशुल्क सेवा प्राप्त गर्ने जनताको अधिकार कुन्ठित हुनसक्ने तथा प्रयोगकर्ताका व्यक्तिगत विवरणहरु सञ्चारमाध्यममा पुग्नसक्ने बताएको छ ।सिम्सले अमेरिकी सामाजिक सञ्जालका प्लेटफर्मसँग प्रस्तावित कानुनकाबारेमा छलफल गरिरहेको बताउनुभएको छ ।प्रस्तावित कानुनकाबारेमा अक्टोबरमै संसदमा छलफल हुने कार्यसूची रहेको छ । सिम्सले ‘गुगलले उठाएका केही सरोकार जायज रहेका छन् र त्यसलाई सच्याउन कानुनी व्यवस्था गरिनेछ’–भन्नुभयो ।

उहाँले गुगल वा फेसबुकले भनेझैं सबै कुरा फेरबदल गर्न नसकिने बताउनुभयो ।स्पेन र फ्रान्सले पनि बौद्धिक कानुनमार्फत् समाचारका लागि फेसबुक र गुगलमाथि भुक्तानीको दाबी गर्ने अभियान सञ्चालन गरेपनि त्यो असफल भएको थियो । यस विषयमा संयुक्तराज्य अमेरिका र युरोपमा पनि उस्तै समस्या रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू