अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८
| Colorodo: 05:43
साउनदेखि अहिलेसम्म श्रम कल सेन्टरमा १२ सयभन्दा धेरैले आफ्नो गुनासो टिपाएका छन् ।देश विदेशबाट वैदेशिक रोजगारी र श्रम रोजगारको विषयमा १२ सय ५६ जनाले कल सेन्टरमा गुनासो टिपाएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
यसमध्ये ९ सय २६ जनाको गुनासोको सम्बोधन भएको पनि मन्त्रालयले दावी गरेको छ । वैदेशिक रोजगारी र श्रम रोजगारसँग सम्बन्धित आफ्नो जिज्ञासा, प्रश्न र समस्या कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ०१ ५०००५ मा फोन गरेर राख्न सकिन्छ ।