अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 13:50

शारजाहबाट काठमाण्डाै आएका १४२ यात्रुकाे रकम फिर्ता गर्न एअर अरेबियालाई निर्देशन

बिआरटीनेपाल २०७७ भदौ १७ गते ५:५६ मा प्रकाशित

सरकारले एअर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगस्टमा १६१ यात्रु लिएर यूएईको शारजाहबाट काठमाण्डाै आएकामध्ये १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिनुभएको हो ।

मन्त्रालयमा बुधबार नियमित उडानहरुको भाडा दर र चार्टर्ड उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा पर्यटन मन्त्री भट्टराईले  यात्रुको रकम फिर्ता गर्न एअर अरेबियालाई निर्देशन दिनुभएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एअर अरेबियाले १४२ जना पीसीआर गरेको, १८ जनाकाे आरडीटी गरेको र एक जनाको परीक्षण नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वरेण्टीनमा राखेपछि त्यसबापतको रकम फिर्ता गराउन मातहतका निकायलाई पर्यटन मन्त्रीले निर्देशन दिनुभएको हो । मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरुन्तै रकम फिर्ता गराउन र  फिर्ता नगरे कारबाही गर्नसमेत निर्देशन दिनुभयो ।

अन्तर्राष्ट्रिय नियमित उडानहरु महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमका र हिमालय एअरलाइन्सको उडान भएको सेक्टरमा वायु सेवा निगमले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एअरलाइन्सलाई उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीले अनियन्त्रित रुपमा कालोबजारी गरेको गुनासो आएपछि एअरलाइन्सले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कुटनीतिक नियोग, गैरआवासीय नेपाली सङ्घ (एनआएन) लाई आग्रह गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय