अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 16:07

आज पनि देशका अधिकांश ठाउँमा पानी पर्ने

बिआरटीनेपाल २०७७ भदौ १६ गते २२:०२ मा प्रकाशित

आज देशका अधिकांश ठाउँमा पानी पर्ने भएको छ । अहिले गण्डकी प्रदेश र प्रदेश ५ मा हल्कादेखि मध्यमखालको पानी परिरहेको र बेलुका अरु ठाउँमा पनि सर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सर्ने क्रममा रहेकोले गण्डकी प्रदेशदेखि पश्चिमतिरका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो ।

आज राति पनि देशभरको मौसम सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा आजराति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू