अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 05:25

सार्क राष्ट्रमा कोरोनाबाट भारत सबैभन्दा बढी प्रभावित, कम प्रभावित भुटानमा २२५ जना संक्रमित

बिआरटीनेपाल २०७७ भदौ १६ गते ६:३७ मा प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाका आठ देशमध्ये भारत सबैभन्दा धेरै प्रभावित भएको छ। हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ९४ हजार ८७८ छ भने ६५ हजार ४६९ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ। त्यहाँ संक्रमण निको हुनेको संख्या पनि २८ लाख ४० हजार ४० पुगेको छ।

कोरोना संक्रमणबाट भुटान कम प्रभावित भएको छ। हालसम्म भुटानमा कोरोना संक्रमणबाट कसैको पनि निधन भएको छैन। कुल २२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या पनि १४२ पुगेको छ।

यस्तै पाकिस्तानमा कोरोना संक्रमितको संख्या २ लाख ९६ हजार १४९ पुगेको छ भने ६ हजार २९८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमण निको हुनेको संख्या २ लाख ८० हजार ९७० पुगेको छ। बंगलादेशमा अहिलेसम्म ३ लाख १२ हजार ९९६ भन्दा बढी कोरोना संक्रमित बनेका छन् भने ४ हजार २८१ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमण निको हुनेको संख्या २ लाख ४ हजार ८८७ पुगेको छ।

यसैगरी अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३८ हजार १६५ पुगको छ भने १ हजार ४०२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमण निको हुनेको संख्या २९ हजार ९ पुगेको छ। नेपालमा हालसम्म कोरोना भाइरसम्म कारण ४० हजार ५२९ जना संक्रमित भएका छन्। तीमध्ये अहिलेसम्म २३९ जनाको संक्रमणका कारण निधन भएको छ। यहाँ संक्रमण निको हुनेको संख्या २२ हजार १७८ पुगेको छ।

यस्तै माल्दिभ्समा अहिलेसम्म ७ हजार ८ सय ४ जनामा कोरोना देखिँदा २८ जनाको मृत्यु भएको छ। त्यहाँ ५ हजार १५५ जना संक्रमणमुक्त भएका छन्।

श्रीलंकामा ३ हजार ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमणमुक्त हुनेको संख्या २ हजार ८६८ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय