अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

दलित युवाको मृत्युको विषयमा रौतहटको गरुडा तनावग्रस्त

बिआरटीनेपाल २०७७ भदौ १५ गते ६:२८ मा प्रकाशित

प्रहरी हिरासतमा रहेका युवकको मृत्यु भएपछि रौतहटको गरुडा तनावग्रस्त बनेको छ ।प्रहरी हिरासतमा घाइते भएका बिजय रामको उपचारको क्रममा मृत्यु भएको हो । उनको प्रहरीले यातनाका कारण मृत्यु भएको भन्दै स्थानीयले एक सातादेखि लगातार गरुडामा विरोध प्रदशर्न गर्दै आएका छन् । प्रदर्शनकारीले स्थानीय प्रशासनले गठन गरेको छानबिन समितिलाई अमान्य घोषित गरेका छन् ।

पीडितका आफन्त र स्थानीयले घटनाका दोषी प्रहरी उपर कारबाहीको माग गर्दै आएका छन् । घटनाको छानविन गर्न गृह मन्त्रालयले टोली गठन गरेको छ ।तर उक्त छानविन टोली मान्य नहुने भन्दै अधिकारकर्मी र दलितको प्रतिनिधित्व हुने गरी अर्को टोली गठन गर्नुपर्ने प्रदर्शनकारीको माग छ । घटनामा जिल्ला प्रहरीबाट खटेका शादा पोशाकका प्रहरीले यातना दिएको भन्दै उनीहरुमाथि पनि छानविन हुनु पर्ने पीडितको माग छ ।

गरुडा ८ जिंगडीयाका १७ बर्षिय निरन्जन रामको घाँटी रेटेर हत्या गरेको आरोपमा पक्राउ परेका बिजय रामको उपचारको क्रममा बिहीबार बिहान वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उनको मृत्यु प्रहरीको यातनाबाट भएको पीडित परिवारको भनाई छ । मृत्युअघि बिजयले आफूलाई हिरासतमा दुई दिनसम्म सादा पोशाकका प्रहरीले यातना दिएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय