अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 05:10

बेलायतले ६ हप्ताभित्र कोरोनाविरुद्धको खोप सार्वजनिक गर्ने

बिआरटीनेपाल २०७७ भदौ १५ गते ६:१८ मा प्रकाशित

बेलायतले आगामी ६ हप्तामा कोरोना भाइरसविरुद्धको खोप तयार हुन सक्ने बताएको छ ।अक्सफोर्डले विकाश गरिरहेको कोरोना भाइरस खोप आगामी ६ हप्तामा तयार हुनसक्ने बेलायत सरकारले जनाएको हो । खोप तयार भएपछि सकेसम्म छिटो प्रयोगमा ल्याउन दिन बेलायत सरकारले कानून परिवर्तन गर्ने तयारी समेत गरेको छ ।

यो खोप गम्भीर स्थितिमा पुगेका रोगीहरुलाई आपत्को स्थितिमा दिन सकिने बताइएको छ ।अक्सफोर्ड युनिभर्सिटी र इम्पेरियल कलेजका वैज्ञानिक खोप बनाउने प्रक्रियाको अन्तिम चरणमा पुगेको सन्डे एक्सप्रेसले जनाएको छ । यदि सबै सही भइरहेको हो भने अक्सफोर्डको खोप आगामी ६ हप्तमा बनेर तयार हुनेछ ।

खोप बनेको केही महिनामा यसको ठुलो परिमाणमा उत्पादन शुरु गरिने एक अधिकारीले बताएका छन् । बेलायतको पूरै जनतालाई खोपको डोज दिन सकिनेछ । खोप सफल भए सन् २०२१ मा बेलायतको जनजीवन सामान्य हुन सक्ने ती अधिकारीको अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय