विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण ८ लाख ४७ हजार ३ सय ९६ जनाको ज्यान गएको छ । २ करोड ५२ लाख १ हजार ४ सय ९ जना संक्रमित भएका छन् । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ७५ लाख ४९ हजार २ सय ५१ जना उपचारपछि निको भएका छन् ।
संक्रमणका कारण सवैभन्दा बढी अमेरिकामा १ लाख ८६ हजार ८ सय ७४ , ब्राजिलमा १ लाख २० हजार ४ सय ९८ , भारतमा ६३ हजार ६ सय ९० जनाले ज्यान गुमाएका छन् । रसियामा १७ हजार ९३, मेक्सिकोमा ६३ हजार ८ सय १९, पेरुमा २८ हजार ६ सय ७ , कोलम्वियामा १९ हजार ६४, स्पेनमा २९ हजार ११, ईरानमा २१ हजार ६ सय ६२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यसैगरी, बेलायतमा ४१ हजार ४ सय ९८ , पाकिस्तानमा ६ हजार २ सय ८८, बंगलादेशमा ४ हजार २ सय ४८, ईटलीमा ३५ हजार ४ सय ७३ ,फ्रान्समा ३० हजार ६ सय २, क्यानडामा ९ हजार १ सय १३, जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ८ सय ९१ , अफगानिस्तानमा १ हजार ४ सय २, माल्दिभ्समा २८, श्रीलंकामा १२ जनाको मृत्यु हुँदा भुटानमा १ सय ९५ जनामा संक्रमण देखिएको छ ।