अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७७ भदौ १४ गते ७:०९ मा प्रकाशित

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले आज भुजेललाई थुनामुक्त गर्न आदेश दिएको हो । भुजेलका तर्फबाट प्रतिमा भुजेलले बन्दीको निवेदन दर्ता गराउनुभएको थियो । भुजेलको हकमा साउन २३ र भदौ ५ गते दुईवटा निवेदन दर्ता भएको थियो ।

सप्तरी जिल्लाको इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा थुनामा रहनुभएका भुजेललाइ रिहा गर्न माग गर्दै प्रतिमा भुजेलले सर्वोच्चमा निवेदन दिनुभएको थियो । २०७६ पुस १२ गते पक्राउ परेकी भुजेललाई जिल्ला अदालतले थुनामुक्त गरेलगत्तै अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय