अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७
| Colorodo: 13:52
नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका एक सिपाहीले आफूले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका ती सिपाहीले आत्महत्या गरेका हुन् ।
नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले ड्युटीको समयमा आफैले बोकेको बन्दुकले कन्चटमा गोली हानी आत्महत्या गरेको जानकारी दिनुभयो । पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले आज बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन् ।
हाल उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । आत्महत्या गर्ने सिपाहीको घर तनहुँ जिल्लाको रानीपोखरी भएको बताइएको छ ।
