अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

जर्मनीमा कोराना नियन्त्रणका लागि गरिएको प्रतिबन्धविरुद्ध प्रदर्शन

बिआरटीनेपाल २०७७ भदौ १४ गते १:३३ मा प्रकाशित

जर्मनीमा कोराना भाइरस नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धविरुद्धमा प्रदर्शन भएको छ ।जर्मनीको बर्लिनमा भेला भएका करिव ४० हजार सर्वसाधारणले दुई समूहमा विभाजन भएर प्रदर्शन गरेका हुन् । भेलामा सहभागीहरुलाई सामाजिक दूरी कायम गर्न सुरक्षाकर्मीले पटक पटक आग्रह गर्दा वेवास्ता गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ ।

सोही क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा र पानीको बोतल प्रहार गर्दा दुवैतर्फ केही घाइते भएका छन् । प्रदर्शनकै क्रममा २ सय जनालाई पक्राउ गरिएको छ । जर्मनीमा कोराना भाइरसका कारण हालसम्म ९ हजार ३ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४२ हजार संक्रमित छन् ।

संक्रमण नियन्त्रणका लागि जर्मन सरकारले मापदण्ड तोकेर केही व्यवसायमाथि प्रतिबन्ध लगाउनुका साथै सभा र भेलाहरु आयोजना गर्न निषेध गरेपछि त्यसको विरोधमा प्रदर्शन चर्किएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय