अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

उपप्रधानमन्त्रीमा वामदेव र नारायणकाजीको चर्चा !

बिआरटीनेपाल २०७७ भदौ १३ गते ६:४९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरि दुईजना उपप्रधानमन्त्री थप्ने तयारी गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले यसअघि नै पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित सदस्य बनाएर उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने प्रस्ताव गरिसक्नुभएको छ । गौतमलाई आफूपछि वरियतामा पहिलो स्थानमा राखेर ओलीले सरकारमा लैजान लाग्नुभएको हो । उहाँलाई गृह या अर्थमध्ये एक मन्त्रालय दिने योजनामा प्रधानमन्त्री ओली रहनुभएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्रीका लागि प्रस्ताव गरिएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको कोटाबाट श्रेष्ठको नाम प्रस्ताव भएको हो ।संसदीय निर्वाचनमा गोरखाबाट चुनाव हार्नुभएका श्रेष्ठ हाल राष्ट्रियसभा सदस्य हुनुहुन्छ । उहाँलाई दिने मन्त्रालयको अझै टुङ्गो नलागे पनि महत्वपूर्ण मन्त्रालय पाउने बताइएको छ । यस्तै उहाँलाई वरियतामा प्रधानमन्त्रीपछिको स्थानमा दिनुपर्ने विषय पनि उठेको छ ।

राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिले मनोनयन गर्ने एउटा सिट बाँकी छ । सोही कोटामा पार्टी उपाध्यक्ष वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाले निर्णय गरिसकेको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो हप्ता मनोनयन गर्ने र त्यस लगत्तै नारायणकाजीसँगै मन्त्रीको सपथ लिनुहुने बताइएको छ ।तर प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकार सूर्य थापाले भने कसकसलाई मन्त्री बनाउने भन्नेबारे छलफल भएकोबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय