अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 18:07

आईपीएल खेल्न यूएई पुगेका भारतीय खेलाडीहरुमा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ भदौ १३ गते ६:४८ मा प्रकाशित

इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ ।भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंग्स्सका बलरसहित १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण देखिएको छ ।कोरोना संक्रमण देखिएका तीब्र गतिका बलर भारतको एकदिवसीय राष्ट्रिय टोलीका सदस्य हुन् ।

कोरोना पोजिटिभ देखिने अन्य भने टोलीका सहयागी सदस्यहरु छन् । चेन्नइको टोली २१ अगष्टमा यूएई पुगेको थियो ।यूएइ पुगेर क्यारेन्टाइनमा बसेका खेलाडी र प्रशिक्षक, व्यवस्थापक, सहयोगीहरुको पहिलो, तेस्रो र छैटौं दिनमा परीक्षण गर्ने क्रममा केहीको रिपोर्ट पोजिटिभ देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चेन्नईका कति सदस्यलाई संक्रमण देखिएको भन्ने पुष्टि भएको छैन । अन्य केही टोलीले यूएई पुगेर प्रशिक्षण सुरु गरिसकेका छन् ।चेन्नईको पनि प्रशिक्षण सुरु गर्न लाग्दा खेलाडीहरुमा संक्रमण देखिएपछि एक साताका लागि क्वारेन्टिइनमा पठाइएको छ ।सेप्टेम्बर १९ बाट आइपीएल सुरु हुने भनिए पनि अहिलेसम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्डले तालिका सार्वजनिक गरेको छैन । सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया
लोकप्रिय