अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

रामेछापको मन्थलीमा कुकुर आतङ्क, कुकुरले टोकेर एकै दिन १४ जना घाइते

बिआरटीनेपाल २०७७ भदौ १३ गते ६:४७ मा प्रकाशित

रामेछापको सदरमुकाम मन्थलीमा आज बिहान कुकुरले टोकेर १४ जना घाइते भएका छन् । रेबिज लागेको आशंका गरिएको कुकुरले टोकेर १४ जनालाई घाइते बनाएको हो । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने ९ जनाको मन्थली स्थित तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।

यस अगाडि पनि कुकुरले मन्थली बजारमा मानिसलाई टोक्ने गरेको घटना भएपनि एकैदिन यति धेरैलाई टोकेको यो पहिलो घटना भएको मन्थली नगरपालिकाको पशु शाखाले जनाएको छ । मन्थलीमा आज बिहान कुकुरले आतङ्क नै मच्चाएको थियो । मानिसहरू कुकुर देख्ने बित्तिक्कै भाग्न थालेका थिए । कुकुरले एक महिना अगाडि देखि नै मन्थली बजारमा दुःख दिन थालेको हो । रेविज लागेको कुकुरले टोक्दा यस अगाडि मन्थली नगरपालिकामा मात्र ७ वटा पशु मरेका थिए ।

अहिले पनि नगरपालिका क्षेत्र भित्र २२ वटा पशुलाई रेविज बिरुद्धको खोप दिइरहेको मन्थली नगरपालिकाको पशु शाखाले जनाएको छ । आज बिहान मानिसहरूलाई टोक्दै हिड्ने कुकुर पनि रेविज लागेको हुन सक्ने अनुमान गरिएको छ । मानिस देख्ने बित्तिक्कै जथाभावी टोक्दै हिडेको एउटा कुकुरलाई भने मारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय