अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

सुन्धारा केन्द्रीय कारागारका १५० बढी कैदीबन्दीलाई एकसाथ ज्वरो, ५० जनाको स्वाब संकलन

बिआरटीनेपाल २०७७ भदौ १३ गते ६:३८ मा प्रकाशित

सुन्धारास्थित केन्द्रीय कारागारका १५० भन्दा बढी कैदीबन्दीलाई एकसाथ ज्वरो र रुघाखोकी देखिएसँगै ५० जनाको स्वाब संकलन गरिएको छ ।कारागार स्रोतकाअनुसार बाहिरबाट ल्याइएका दुईजना कैदीमा कोरोना देखिएपछि कारागारभित्रै ‘क्वारेन्टिन’ बनाएर उनीहरुलाई निगरानीमा राखिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठकले ५० जना थुनुवा र कैदी तथा ३० सुरक्षाकर्मीको स्वाब परीक्षण गर्न अस्पताल पठाएको जानकारी प्राप्त भएको बताउनुभयो ।देशभरका ७१ जेलमा २३ हजार ८०० कैदीबन्दी छन् ।

तर, जेल क्षमता १० हजारमात्र भएकाले संक्रमणको उच्च जोखिममा रहेको भन्दै कैदीबन्दीले बुधबार आयोगसमक्ष जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए । आयोगले बुधबारै सरकार र कारागार व्यवस्थापन विभागलाई परिपत्र गर्दै उच्च सतर्कता अपनाउन सजग गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय