अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 00:13

विश्वमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ४२ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ भदौ १३ गते ६:३६ मा प्रकाशित

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ४२ हजार ९५ पुगेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ४९ लाख ५१ हजार २ सय ५४ लाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ७३ लाख २७ हजार ४ सय ४१ जना उपचारपछि निको भएका छन् ।

विश्वभर ६७ लाख ८१ हजार ७ सय १८ सक्रिय संक्रमित रहँदा उनीहरुमध्ये ६७ लाख २० हजार ५ सय ६४ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । ६१ हजार १ सय ५४ जनाको गम्भिर अवस्थामा उपचार भईरहेको छ । कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ६० लाख ९७ हजार ४ सय २६ जनालाई सङ्क्रमण भएको छ भने १ लाख ८५ हजार ९ सय ८५ जनाको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा ३८ लाख १२ हजार ६ सय ५ जना सङ्क्रमित हुँदा १ लाख १९ हजार ५ सय ९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म ३४ लाख ७६ हजार ४३ सङ्क्रमित हुँदा कोरोनाका कारण ६२ हजार ८ सय १७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय