अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५९ | Colorodo: 12:14

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ७ पुग्यो

बिआरटीनेपाल २०७७ भदौ १३ गते ६:३३ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ।

पाल्पामा ३० वर्षीया महिला, काठमाडौँ ५१ वर्षीय महिला र ८३ वर्षीय पुरुष, भक्तपुरमा ६२ वर्षीया महिला र ८२ वर्षीय पुरुष, पर्सामा ४८ र ३९ वर्षीय दुई पुरुष, सिरहामा ८४ वर्षीय पुरुष, गोरखामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष तथा ललितपुरमा ७२ र ६१ वर्षीय दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय