अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

देशभर थप ८ सय ८४ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३७ हजार ३ सय ४०

बिआरटीनेपाल २०७७ भदौ १३ गते ६:३३ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १६ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म ६ लाख ६९ हजार ६२६ पीसीआर परीक्षण भएको छ। नेपालमा अहिले १६ हजार ५९० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । जसमा ६ हजार ४४५ जना ‘होम आइसोलेसन’मा रहेका छन् भने १० हजार १४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, देशभर १७५ जना कोरोना संक्रमित ‘आइसीयू’मा र २२ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय