अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 22:53

जापानका प्रधानमन्त्री सिन्जो आवेद्वारा राजीनाको घोषणा

बिआरटीनेपाल २०७७ भदौ १२ गते ७:३१ मा प्रकाशित

जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट राजीनामा दिनुभएको छ । स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री आवेले राजीनामा दिनुभएको जापानीज सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री आवेले पधकार सम्मेलन गरेर आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै पदबाट राजिनामा दिनुभएको हो ।
स्वास्थ्यमा समस्या आएपछि केही दिनअघि उहाँ उपचारका लागि अस्पताल भर्ना हुनुभएको समारचारमा जनाइएको छ । आफ्नो स्वास्थ्य अवस्था बिग्रिएकाले त्यसको असर सरकार सञ्चालनमा नपरोस् भनेर राजीनामा दिएको आवेले बताउनुभयो । यसअघि अस्पताल भर्ना भएलगत्तै आवेको स्वास्थ्य अवस्थाका बारेमा सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री सिन्जोआवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुनुहुन्छ । उहाँ सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बन्नुभएको थियो । तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उहाँले स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिनुभएको थियो ।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बन्नुभयो । ६५ वर्षका प्रधानमन्त्री आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका काम गर्नुभएको बताईन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय