अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 22:36

बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुनेछः राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७७ भदौ १२ गते ७:३० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुने आरोप लगाउनुभएको छ । दोस्रो कार्यकालका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी निश्चित भएसँगै ह्वाइट हाउसमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले बाइडनको अमेरिकामा कोही पनि सुरक्षित नरहने आरोप लगाउनुभएको हो ।

आफू एक्लै समाजवाद, अराजकता र अतिवाद जस्ता शक्तिविरुद्ध पर्खाल बनेर खडा रहने उद्घोष गर्दै उहाँले डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडेन नोभेम्बरमा चुनिए उहाँ यसको च्याम्पियन बन्ने बताउनुभयो । राष्ट्रपति निवासलाई पार्टी राजनीतिको लागि प्रयोग गरेको आरोप लागिरहँदा ह्वाइट हाउसको बगैँचाबाटै ट्रम्पले बाइडन राष्ट्रपति पदमा निर्वाचित भए मुलुकको संकट थप गहिरिने दाबी गर्नुभयो ।

रिपब्लिकनहरुको राष्ट्रिय सम्मेलनको अन्तिम सभालाई सम्बोधन गर्दै ट्रम्पले आफुहरुले अमेरिकी सपनालाई जोगाउँने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय