अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०४ | Colorodo: 12:19

नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या १ सय ९५ पुग्यो

बिआरटीनेपाल २०७७ भदौ १२ गते ७:२५ मा प्रकाशित

नेपालमा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १९५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै मुलुकमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालभर अहिले १६ हजार १९ जना कोरोनाका सक्रिय संक्रमित रहँदा क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय