अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 22:43

न्यूजिल्याण्डको क्राइस्टचर्च आक्रमणकारीलाई पेरोल बिनाको जन्मकैदको सजाय

बिआरटीनेपाल २०७७ भदौ ११ गते ६:४६ मा प्रकाशित

न्यूजिल्याण्डको अदालतले क्राइस्टचर्चका दुई मस्जिदमा ५१ जनाको ज्यान लिने गरी आक्रमण गरेका व्यक्तिलाई पेरोल बिना जन्मकैदको फैसला गरेका छन् । न्यूजिल्याण्डको इतिहासमा यस्तो सजाय पाउने उनी पहिलो व्यक्ति हुन् ।सन् २०१९ मो मार्चमा अस्ट्रेलियन ह्वाइटसुप्रिमिस्ट (श्वेतहरुको अग्राधिकारका पक्षपाती) ले क्राइस्टचर्चका दुई मस्जिदनमा आक्रमण गर्दा ५१ जना मुस्लिमको निधन भएको थियो ।

अदालतमा आक्रमणकारी २९ वर्षे ब्रेन्टन टारान्टलाई दिइने सजायबारे सुनुवाईपछि पेरोल बिनाको जन्मकैदको फैसला गरेको हो ।उनी अस्ट्रेलियाको न्यू साउथ वेल्सका स्थायी बासिन्दा हुन्। हत्या प्रयासका ४० तथा एउटा आतंकवादको मुद्दामा उनी दोषी ठहर भएका हुन् ।

चार दिनको सुनवाईपछि फैसला सुनाउँदै न्यायाधीशले ब्रेन्टनको कार्य अमानवीय रहेको र उनले कुनै पनि दया नदेखाएको बताएका छन् । लाइभस्ट्रिम गरेर उनले गरेको आक्रमणले विश्वलाई स्तब्ध बनाएको थियो। सो आक्रमणपछि न्यूजिल्याण्डले बन्दुक सम्बन्धी कानून कडा बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय