अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७
| Colorodo: 08:42
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिइएको भन्ने चर्चाप्रति सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले कटाक्ष गर्नुभएको छ । सरकारको नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले होइन भन्दै कटाक्ष गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा डा. खतिवडाले भन्नुभयोे, ’उहाँ (कुलमान घिसिङ) लाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।’ कुलमानको पुनर्नियुक्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा समेत नआएको उहाको भनाई छ ।
