अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 17:29

फेरि बढ्यो सुनको भाउ

बिआरटीनेपाल २०७७ भदौ ११ गते ६:३५ मा प्रकाशित

केही दिनदेखि ओरालो लागेको सुनको मूल्य बिहीबार फेरि बढेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।बिहीबार छापावाला सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ थियो । बिहीबार तेजावी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम रहेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर १ हजार ९ सय ४३ डलर हाराहारीका किनबेच भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू