विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ३० हजार ३ सय नाघेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ३० हजार ३ सय ८८ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म २ करोड ४३ लाख ६६ हजार २ सय ३० लाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ६८ लाख ९७ हजार ८० जना उपचारपछि निको भएका छन् ।
विश्वभर ६६ लाख ३८ हजार ७ सय ६२ सक्रिय संक्रमित रहँदा उनीहरुमध्ये ६५ लाख ७७ हजार २ सय १ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । ६१ हजार ५ सय ६१ जनाको गम्भिर अवस्थामा उपचार भईरहेको छ । कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ६० लाख १ हजार १ सय ३ जनालाई सङ्क्रमण भएको छ भने १ लाख ८३ हजार ६ सय ७७ जनाको ज्यान गएको छ ।
यस्तै, ब्राजिलमा ३७ लाख २२ हजार ४ जना सङ्क्रमित हुँदा १ लाख १७ हजार ७ सय ५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म ३३ लाख १५ हजार १७ सङ्क्रमित हुँदा कोरोनाका कारण ६० हजार ६ सय ५२ जनाको ज्यान गएको छ ।