अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

नेपालमा कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या १ सय ७५ पुग्यो, थप ८ सय ८५ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ भदौ १० गते ७:४५ मा प्रकाशित

नेपालमा कोरोना भाईरस संक्रमणबाट थप ११ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाबाट ११ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका मृतकहरुमा २ महिला र ९ जना पुरुष छन् । उनीहरुमा मोरङकी ४६ र भक्तपुरकी ५३ बर्षीय महिला, कैलालीका ४५ र ५० बर्षीय २ जना तथा महोत्तरीका ६०, ७२ र ७५ बर्षका ३ जना रहेका छन् ।

यसैगरी बाँकेका ३७ बर्षीय १ जना, काठमाण्डौंका ५१ बर्षीय १ जना र बारामा ४१ र ४६ बर्षका २ जना पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै मुलुकमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ७५ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार ५०४ जना कोरोनाको उपचारपछि निको भएका छन् । हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय