अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

जुम्लामा चट्याङले ५ सय बढी भेडा मरे

बिआरटीनेपाल २०७७ भदौ ९ गते ७:२२ मा प्रकाशित

जुम्लामा चट्याङ लागेर ५ सय बढी भेडा मरेका छन् । स्थानिय पातारासी गाउँपालिका ४ को जाजुल्लेमा रहेको ढाँणखर्क सामुदायिक वनमा चट्याङले ५ सय बढी भेडा मरेको भेटरिनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार पशु तथा भेटेरिनरी शाखाका प्राविधिक हरि कामीसहितको टोली घटनास्थलमा गएको छ । ५ सय बढी भेडा मरेको जानकारी प्राप्त भएको र विस्तृत विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पत्र पठाइने भेटेरिनरी कार्यालयले जनाएको छ । मङ्गलबार बेलुकीसम्म विवरण उनले पालिकाले जानकारी दिएको छ ।

एकैपटक धेरै भेडा मर्दा किसानलाई ठूलो क्षति पुगेकोले सरोकारवाला निकायले क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जानकारी दिनुभयो । यसैगरी गएको वर्ष पनि चट्याङले तिला गाउँपालिका ६ को सुडीमा किसानका २ सय ५० भेडा मरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय