अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 21:15

रुसका विपक्षी नेता नाभाल्नीलाई विषाक्त पदार्थ खुवाइएको पुष्टि

बिआरटीनेपाल २०७७ भदौ ९ गते ७:१७ मा प्रकाशित

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको उपचार भैरहेको जर्मनीको बर्लिन स्थित अस्पतालले उनलाई विषाक्त पदार्थ खुवाइएको पुष्टि गरेको छ ।बर्लिनको च्यारिते अस्पतालले जारी गरेको वक्तव्यमा उनलाई विषालु पदार्थ दिइएको देखिएको उल्लेख गरेको छ । यसअघि रुसमा उहाँको उपचारमा संलग्न चिकित्सकहरुले विषाक्त पदार्थ नदेखिएको जनाएका थिए ।

रुसको आन्तरिक उडानमा रहेका बेला गत बिहीबार बिरामी परे लगत्तै कोमामा गएका नाभाल्नीको सुरुमा रुसमै उपचार भएको थियो । तर ज्यानको जोखिम रहेको भन्दै थप उपचारका लागि जर्मनी लगिएको हो । नाभाल्नीको उपचार गरिरहेका चिकित्सकहरुले सुरुमा उहाँलाई जर्मनी जान दिएका थिएनन् ।

उनीहरु पछिमात्र नाभाल्नीलाई विमान मार्फत जर्मनी जान दिन सहमत भएका थिए । नाभाल्नीका समर्थकहरुले उहाँले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्तापक्षले आफ्नो अपराध ढाकछोप गर्न खोजेको आरोप लगाउँदै आएका छन् । भ्रष्टाचार विरोधी अभियन्ता ४४ वर्षका नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय