अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 12:00

नोभेम्बरमा हुने चुनावमा धाँधली हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी

बिआरटीनेपाल २०७७ भदौ ९ गते ६:५८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने चुनावमा धाँधली गर्ने चलखेल सुरु भएको दावी गर्नुभएको छ । रिपब्लिकन दलको राष्ट्रिय भेलामा पूर्व निर्धारित नगरिएको उपस्थिति जनाउँदै विपक्षी डेमोक्र्याटहरूले चुनावमा धाँधली गर्न सक्ने उहाँले आरोप लगाउनुभयो ।

दोस्रो कार्यकालका निम्ति पनि उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्पले यस्तो प्रतिक्रिया दिनुभएको हो । राष्ट्रपति ट्रम्पले हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्र्याटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप प्रमाण विना नै लगाउनुभएको हो ।

प्रतिक्रिया