अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 20:59

विश्वमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख १७ हजार ६ सय नाघ्यो

बिआरटीनेपाल २०७७ भदौ ९ गते ६:५७ मा प्रकाशित

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख १७ हजार ६ सय नाघेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख १७ हजार ६ सय ५३ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म २ करोड ३८ लाख ४० हजार २ सय ८० लाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ६३ लाख ८१ हजार ७ सय ५३ जना उपचारपछि निको भएका छन् ।

विश्वभर ६६ लाख ४० हजार ८ सय ७४ सक्रिय संक्रमित रहँदा उनीहरुमध्ये ६५ लाख ७९ हजार १ सय ८४ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । ६१ हजार ६ सय ९० जनाको गम्भिर अवस्थामा उपचार भईरहेको छ । कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ५९ लाख १६ हजार २ सय ६८ जनालाई सङ्क्रमण भएको छ भने १ लाख ८१ हजार १ सय २६ जनाको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा ३६ लाख २७ हजार २ सय १७ सङ्क्रमित हुँदा १ लाख १५ हजार ४ सय ५१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म ३१ लाख ७० हजार ९ सय ४२ सङ्क्रमित हुँदा कोरोनाका कारण ५८ हजार ५ सय ७० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय