अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 03:29

नेपालमा थप ७ जनाको कोरोना संक्रमणका कारण निधन, मृतकको संख्या १ सय ६४ पुग्यो

बिआरटीनेपाल २०७७ भदौ ९ गते ६:५४ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसंगै मृतकको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । मृतकहरुमध्ये १ जना महिला र ६ जना पुरुष रहेका छन् ।

मुलुकमा आजसम्म कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय ५५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५० रहेको छ । जसमध्ये १५ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैगरी, ५ हजार ६ सय ६९ होम आइसोलेशन र ८ हजार ५ सय ८१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै १० हजार ४ सय ५३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट मुक्त भएका छन् । योसंगै निको हुनेको संख्या १९ हजार १ सय १९ रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको छ । हाल देशका मुस्ताङ र हुम्ला जिल्लामा मात्र कोरोनाका कुनैपनि संक्रमित रहेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू