अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

नेपालमा अबको केही हप्ता र महिना कोरोनाका कारण खराव स्थिति हुने – विश्व स्वास्थ्य सङ्गठन

बिआरटीनेपाल २०७७ भदौ ९ गते ६:५३ मा प्रकाशित

नेपालमा अबको केही हप्ता तथा केही महिना कोरोना सङ्क्रमितको संख्या निकै बढ्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा अहिले कोरोना सङ्क्रमितको संख्या बढिरहेको तर यो सुरुवात मात्रै रहेको भन्दै अबको केही हप्ता तथा महिनापछि अवस्था निकै खराब हुने चेतावनी दिनुभयो ।

यसअघि नेपालमा विदेशबाट फर्किएकामा मात्रै सङ्क्रमण देखिएकोमा अहिले समुदायस्तरमा पनि सङ्क्रमण देखिन थाल्नु समुदायमा सङ्क्रमण व्यापक हुने सुरुवाती लक्षण भएको उहाँको भनाइ छ । अहिले ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको र यसको कारण पाको उमेरका व्यक्तिलाई पनि कोरोना सङ्क्रमण हुन थालेको भन्दै उहाँले पाको उमेर तथा जोखिम वर्गका मानिसमा कोरोना सङ्क्रमण रोक्न नसके अझै धेरैको ज्यान जाने स्पष्ट पार्नुभयो ।

तर कोरोना भाइरसका सङ्क्रमित धेरै देखिए पनि आत्तिनु परिहाल्ने अवस्था भने नरहेको डा. भ्यान्डलियरको भनाई छ । डा. जोस भ्यान्डलियरले कोरोना महामारी नियन्त्रणका लागि नेपालमा तीन मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले सङ्घीय संरचना, स्वास्थ्य सेवा र मानिसको व्यवहारका कारण कोरोना महामारी नियन्त्रणमा चुनौती रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय