अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

सत्तारुढ नेकपाको सचिवालय बैठक आव्हान, १३ गते बस्ने बैठकमा कार्यदलको प्रतिवेदनमा छलफल हुने

बिआरटीनेपाल २०७७ भदौ ९ गते ६:५२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सचिवालय बैठक डाक्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भदौ १३ गते बोलाइएको सचिवालय बैठकको एजेण्डा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेर बुझाएको प्रतिवेदन रहने जानकारी दिनुभएको छ ।

मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल प्रचण्डबीच भएको छलफलले बैठक तय गरेको हो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा साउन ३० गते अध्यक्षद्वयले पार्टीको विवाद समाधान गर्न भन्दै कार्यदल बनाएका थिए ।

उक्त कार्यदलले प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली हुने गरी शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।मंगलबार सोही प्रतिवेदनमाथि दुई अध्यक्षबीच सामान्य छलफल भएको जनाइएको छ । अब सचिवालय बैठकपछि स्थायी कमिटीमा छलफल गरी नेकपाको विवाद सल्टाउने रणनीतिमा प्रधानमन्त्री ओली हुनुहुन्छ ।

कार्यदलमा रहेका अधिकांश सदस्य मन्त्री बन्ने निश्चित भएपछि प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली हुने गरी कार्यदलले प्रतिवेदन दिएको नेकपाकै नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय