अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरु आन्दोलित

बिआरटीनेपाल २०७७ भदौ ८ गते ५:५३ मा प्रकाशित

विरामीको उपचारमा अग्रपंक्तिमा खटिदै आएका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफनर्सहरु आन्दोलित भएका छन् । कोरोना संक्रमितहरुको उपचारमा खटिएका उनीहरुलाई प्रतिष्ठान व्यबस्थापन पक्षले विना स्वास्थ्य सामाग्री डिउटीमा खटाएको भन्दै आन्दोलित भएका हुन् ।

आज प्रतिष्ठानको आईसियुमा उपचाररत एक विरामीमा संक्रमण देखिए पश्चात उपचारमा खटिएका नर्सहरुलाई क्वारेन्टिनमा नपठाएको र डिउटीमा खटाउदा समेत पीपीइ, पञ्जा र मास्क उपलब्ध नगराएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

आईसीयूमा कार्यरत स्टाफ नर्स त्रिबेणी ढकालले नर्सहरुको सुरक्षामा वेवास्था गरेको भन्दै सुरक्षा समाग्री उपलब्ध नगराएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय