अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

नेपालमा थप ७ सय ४३ जनामा कोरोना सङ्क्रमण, ८ जनाको ज्यान गएको पुष्टि

बिआरटीनेपाल २०७७ भदौ ८ गते ५:५० मा प्रकाशित

नेपालमा कोरोना सङ्क्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । गएको २४ घण्टामा ७ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार २५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा ७ सय ४३ जनामा सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा १ सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ७ सय ६ पुगेको छ ।

अब नेपालमा १३ हजार सात सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ११ हजार २ सय ७५ जना क्वरेण्टीनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार सोमबारसम्म पीसीआर विधिबाट ६ लाख १० हजार ४ सय ६९ परीक्षणहरु गरिएका छन् ।  हालसम्म आइसोलेसनमा रहनेको संख्या १३ हजार ७१५ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय