अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 21:04

भारतमा ७३ दिनमा कोरोना विरुद्धको खोप आउने खबर झुटो – सिरम इन्स्टिच्यूट अफ इण्डिया

बिआरटीनेपाल २०७७ भदौ ८ गते १:१९ मा प्रकाशित

भारतको औषधि कम्पनी सिरम इन्स्टिच्यूट अफ इण्डियाले ७३ दिनमा कोरोना भाइरस विरुद्धको खोप आउने खबरको खण्डन गरेको छ । इन्स्टिच्युटले सञ्चारमाध्यममा ७३ दिनभित्र कोरोना विरुद्धको खोप आउने भनिएको खबर झुटो भएको जनाएको हो ।

उसले सरकारले आफ्नो कम्पनीलाई कोरोना विरुद्धको खोप बनाउन अनुमति दिएको तर अहिलेसम्म बनिनसकेको स्पष्ट पारेको छ ।

कोरोना विरुद्धको खोप नमुना परीक्षणमा सफल भएपछि र आधिकारिक रुपमा पुष्टि भएपछि मात्रै बजारमा जाने इन्स्टिच्युटले प्रष्ट पारेको छ । भारतमा अहिलेसम्म ३१ लाख ५ हजारभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने ५७ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय