अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१९ | Colorodo: 14:34

सुदूरपश्चिममा गौरा पर्व सुरु

बिआरटीनेपाल २०७७ भदौ ७ गते ६:२१ मा प्रकाशित

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आज(आइतबार)देखि शुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त भएको विश्वास गरिन्छ ।सोही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो ।

गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाई पर्वको थालनी गर्दछन् । सुदुरश्चिममा महिलाले गहँु, केराउ, गहत, मास र गौरस मिसाएर तामाको भाँडामा भिजाउँछन् ।

यी पाँच अन्नलाई बिरुडा भनिन्छ । गौरापर्व भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ ।गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख साट्ने पनि गरिन्छ । गौरामा रोजगारीका लागि घरबाहिर रहेका घर फर्किन्छन् भने विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय