विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ९ हजार नाघेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ९ हजार ८२ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म २ करोड ३४ लाख ६ हजार ८ सय ६२ लाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ५९ लाख ४० हजार ३ सय ५४ जना उपचारपछि निको भएका छन् ।
विश्वभर ६६ लाख ५७ हजार ४ सय २६ सक्रिय संक्रमित रहँदा उनीहरुमध्ये ६५ लाख ९५ हजार ७ सय ७३ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । ६१ हजार ६ सय ५३ जनाको गम्भिर अवस्थामा उपचार भईरहेको छ । कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ५८ लाख ४१ हजार ६ सय ८९ जनालाई सङ्क्रमण भएको छ भने १ लाख ८० हजार १ सय ८२ बढी जनाको ज्यान गएको छ ।
यस्तै, ब्राजिलमा ३५ लाख ८२ हजार ६ सय ९८ सङ्क्रमित हुँदा १ लाख १४ हजार २ सय ७७ बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म ३० लाख ५० हजार ३ सय २६ सङ्क्रमित हुँदा कोरोनाका कारण ५६ हजार ८ सय ८३ धेरैको ज्यान गएको छ ।