कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले लागु गरेको जारी निषेधाज्ञा थप ५ दिन लम्बिएको छ । पोखरा महानगरपालिकासहित कास्की जिल्लामा निषेधाज्ञा थप ५ दिन लम्विएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला विपद व्ययवस्थापन समिती (डिसिसिएमसी)को बैठकले निषेधाज्ञाको समयावधि ५ दिन थप गरेको हो ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले भदौ १२ गते शुक्रवार राती १२ वजेसम्मको लागी निषेधाज्ञा जारी भएको जानकारी दिनुभयो । कास्की जिल्लामा थप गरिएको निषेधाज्ञाको समयमा खुल्ने सेवा तथा कार्यहरुको परिमार्जित सूची समेत सार्वजनिक भएको छ ।
यसअघि, आज विहान मात्रै पोखरा महानगरको कोरोना रोकथाम मुल समितिले ३ दिन देखि ५ दिन सम्म पोखरा महानगरमा निषेधाज्ञा लम्व्याउन जिल्ला विपद व्यवस्थापन समितिमा सिफारिस गरेको थियो । सोही सिफारिस बमोजिम कास्कीमा निषेधाज्ञा थप गरिएको हो ।
