अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 12:05

अमेरिकाको क्यालिफोर्नियामा आगलागि ६ जनाको मृत्यु, हजारौ बिस्थापित

बिआरटीनेपाल २०७७ भदौ ६ गते ७:०९ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियास्थित पहाडी क्षेत्रमा आगलागी भएको छ । दर्जनौँ स्थानमा लागेको डढेलोले ६ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म दर्जनौँ स्थानमा फैलिएको डढेलोमा ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आगलागी पछिको तातो हावाले जनजीवन थप प्रभावित भएको छ । अहिलेसम्म सयौँ भवनहरु जलेका तथा हजारौँ भवनहरु जोखिममा परेको बताइएको छ । डढेलोले एक लाख ७५ हजारभन्दा बढी मानिस बिस्थापित भएका छन् ।

डढेलो नियन्त्रणका लागि १० हजार भन्दा बढी अग्नि नियन्त्रक खटिए पनि नियन्त्रणमा आउन सकेको छैन । बरू डढेलो अझ बढी फैलदै गएको अग्नि नियन्त्रकहरूले जनाएका छन् ।

प्रतिक्रिया