अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 20:30

विश्वभर कोरोनाबाट ७ लाख ९७ हजार ६ सय ७१ जनाको मृत्यु, १ करोड ५५ लाख ३८ हजार ७ सय उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ ५ गते ६:३५ मा प्रकाशित

विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण ७ लाख ९७ हजार ६ सय ७१ जनाको ज्यान गएको छ । २ करोड २८ लाख ९१ हजार ६ सय ८१ जना संक्रमित भएका छन् । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ५५ लाख ३८ हजार ७ सय ६३ जना उपचारपछि निको भएका छन् ।

संक्रमणका कारण सवैभन्दा बढी अमेरिकामा १ लाख ७७ हजार ४ सय ३८, ब्राजिलमा १ लाख १२ हजार ४ सय २३ , भारतमा ५५ हजार २ जनाले ज्यान गुमाएका छन् । रसियामा १६ हजार १ सय ८९, मेक्सिकोमा ५९ हजार १ सय ६, पेरुमा २७ हजार ३४ , कोलम्वियामा १६ हजार १ सय ८३, स्पेनमा २८ हजार ८ सय १३, ईरानमा २० हजार ३ सय ७६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी, बेलायतमा ४१ हजार ४ सय ३, पाकिस्तानमा ६ हजार २ सय १९, बंगलादेशमा ३ हजार ८ सय ६१, ईटलीमा ३५ हजार ४ सय १८ ,फ्रान्समा ३० हजार ४ सय ८०, क्यानडामा ९ हजार ५४ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ९ सय ७६ , अफगानिस्तानमा १ हजार ३ सय ८५, माल्दिभ्समा २५, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय ५३ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय