विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण ७ लाख ९७ हजार ९२ जनाको ज्यान गएको छ । २ करोड २८ लाख ५८ हजार ५ सय ४० जना संक्रमित भएका छन् । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ५५ लाख १३ हजार ९ सय ४४ जना उपचारपछि निको भएका छन् ।
संक्रमणका कारण सवैभन्दा बढी अमेरिकामा १ लाख ७७ हजार ४ सय २४, ब्राजिलमा १ लाख १२ हजार ४ सय २३ , भारतमा ५४ हजार ९ सय ७५ जनाले ज्यान गुमाएका छन् । रसियामा १६ हजार ९९, मेक्सिकोमा ५९ हजार १ सय ६, पेरुमा २७ हजार ३४ , कोलम्वियामा १६ हजार १ सय ८३, स्पेनमा २८ हजार ८ सय १३, ईरानमा २० हजार २ सय ६४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यसैगरी, बेलायतमा ४१ हजार ४ सय ३, पाकिस्तानमा ६ हजार २ सय ९, बंगलादेशमा ३ हजार ८ सय २२, ईटलीमा ३५ हजार ४ सय १८ ,फ्रान्समा ३० हजार ४ सय ८०, क्यानडामा ९ हजार ५४ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ९ सय ६९ , अफगानिस्तानमा १ हजार ३ सय ८५, माल्दिभ्समा २४, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय ५० जनामा संक्रमण देखिएको छ ।