अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३
| Colorodo: 12:18
संघ, प्रदेश र काठमाडौँ उपत्यका स्थानीय तहको सहकार्यमा आगामी एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ ।कामपाका प्रमुख विद्यासुन्दर शाक्यले एक अपिल जारी गर्दै पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि आइसोलेशन कक्ष निर्माण गर्ने तयारी गरेको जानकारी गराउनुभएको हो ।
अपिलमार्फत नागरिकलाई अनुरोध गर्दै प्रमुख शाक्यले नागरिककै साथ र सहयोहका कारण यस अघि गरिएको लकडाउन पूर्ण रुपमा सफल भएको भन्दै अबको समय थप जटील बन्दै गएकाले भीडभाड नगरी पुनः सहयोग गर्न पनि आग्रह गर्नुभएको छ । भीडभाडबाट नै कोरोना भाइरसको सङ्क्रणम बढ्ने हुनाले अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन पनि अपिल गरिएको छ ।
