अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

कालिकोटको नरहरीनाथमा पहिरो जाँदा चार जना बेपत्ता

बिआरटीनेपाल २०७७ भदौ ३ गते ६:४५ मा प्रकाशित

गए राति कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ५ मा पर्ने चाउथे गाउँमा पहिरो जादा चार जना बेपत्ता भएका छन । चाउथे गाउँमा पहिरो जादा १२ घरमा क्षति पुगेको छ । दुइ घर पुर्णरुपमा क्षती ग्रस्त भएका छन् । पहिरोले घर बगाउदा दर्जनौ पशु चौपाया समेत मरेको र ठुलो धनमालको क्षति भएको नरहरीनाथ गाउँपालिका ५ का अध्यक्ष गगन फडेराले पुष्टी गर्नुभएको छ ।

नरहरीनाथ ५ रुप्साबाट रामारोशन जाने बाटोमा रहेको गाउँमा पहिरो जाँदा चार जना बेपत्ता भएको गगन फडेराले जानकारी दिनु भयो । बेपत्ता हुनेमा ६० वर्षका चन्द्र सहकारी उहाँका बुहारी पम्फा सहकारी, झिमु सहरकारी र उहाँका सात वर्षका छोरा रमित सहकारी बेपत्ता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू