अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५ | Colorodo: 07:50

किशोर श्रेष्ठलाई प्रेस काउन्सिलको कार्यबहाक अध्यक्षबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

बिआरटीनेपाल २०७७ भदौ ३ गते ६:४१ मा प्रकाशित

सर्वोच्च अदालतले किशोर श्रेष्ठलाई प्रेस काउन्सिलको कार्यबहाक अध्यक्षबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ।सरकारले श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई कार्यबहाक अध्यक्ष नियुक्त गरेपछि प्रेस काउन्सिल बोर्ड ऐन विपरित नियुक्त गरिएको भन्दै सर्वोच्च अदालत पुगेको थियो।

सर्वोच्चले श्रेष्ठलाई कार्यबहाक अध्यक्षका रुपमा काम गर्न नरोक्न आदेश जारी गरेको छ। साउन ३१ गते काउन्सिल सदस्यमा नियुक्त गरिएकी भण्डारीलाई त्यसपछि मन्त्रिपरिषद् बैठकले कार्यबहाक अध्यक्षमा नियुक्त गरेको थियो। कार्यबहाक अध्यक्ष तोक्ने अधिकार ऐनअनुसार बोर्डलाई मात्र भएको भन्दै सरकारले क्षेत्राधिकार मिचेको दावी गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय