अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५४
| Colorodo: 12:09
सत्तारुढ नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको गत्यावरोध अन्त्य गर्ने विषयमा आज पनि छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा केही दिन भित्रमै समस्याको निकास निकाल्ने विषयमा छलफल भएको बताईएको छ ।
आजको छलफलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको बुझिएको छ । आजै पार्टी मुख्यालय धुम्बाराहीमा कार्यदलको बैठक पनि बसेको छ । कार्यदलले आजभोलि नै सुझाव तयार पारेर अध्यक्षद्वयलाई बुझाउने तयारी गरिरहेको बताईएको छ ।
कार्यदलले बुझाएको सुझाव–प्रतिवेदनलाई अध्यक्षद्वयले प्रस्तावको रूप दिनेछन् । त्यसलाई सचिवालयको बैठकबाट पारित गरेर स्थायी कमिटीमा पेस गर्ने तयारी रहेको नेकपा श्रोतले जनाएको छ ।
