अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 15:22

हङकङमा कोरोनाका नयाँ सङ्क्रमित देखिन थालेपछि थप प्रतिबन्धको घोषणा

बिआरटीनेपाल २०७७ भदौ १ गते ६:५७ मा प्रकाशित

हङकङमा सोमबार ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमण बढ्न नदिन सरकारले शारीरिक दुरीको नयाँ नियमको घोषणा गरेको छ । यद्यपि पछिल्लो केही हप्तायता हङकङमा सङ्क्रमणको दरमा कमी आएको छ तर प्रशासनले नागरिकहरुलाई अवस्था अझै गम्भीर रहेको भन्दै सचेत रहन चेतावनी दिएको हो ।

हङकङ सरकारले सोमबार लगाएको नयाँ प्रतिबन्ध अनुसार साँझ ६ बजेपछि रेस्टुरेन्टमा खाना खान प्रतिबन्ध लगाइएको छ । यसका साथै सबै सार्वजनिक ठाउँमा मास्क लगाउन २५ अगस्टसम्म अनिवार्य गरिएको छ ।

सोमबार थपिएका ४४ सङ्क्रमितमध्ये ३१ जनामा समुदायस्तरबाटै सङ्क्रमण सरेको हो । गएको जनवरीपछि हङकङमा चार हजार पाँच सयभन्दा धेरै सङ्क्रमण पुष्टि भएको छ भने अहिलेसम्म ६९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय