अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 15:02

विश्वभर कोरोनाबाट ७ लाख ७३ हजार ५ सय बढीको मृत्यु, १ करोड ४५ लाख ७५ हजार ६ सय उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ १ गते ६:५४ मा प्रकाशित

विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण ७ लाख ७३ हजार ५ सय ८६ जनाको ज्यान गएको छ । २ करोड १८ लाख ५२ हजार २४ जना संक्रमित भएका छन् । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ४५ लाख ७५ हजार ६ सय १८ जना उपचारपछि निको भएका छन् ।

संक्रमणका कारण सवैभन्दा बढी अमेरिकामा १ लाख ७३ हजार १ सय ३९, ब्राजिलमा १ लाख ७ हजार ८ सय ७९, भारतमा ५१ हजार ७९ जनाले ज्यान गुमाएका छन् । रसियामा १५ हजार ७ सय ४०, मेक्सिकोमा ५६ हजार ७ सय ५७, पेरुमा २६ हजार २ सय ८१ , कोलम्वियामा १५ हजार ९७, स्पेनमा २८ हजार ६ सय १७, ईरानमा १९ हजार ८ सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी, बेलायतमा ४१ हजार ३ सय ६६, पाकिस्तानमा ६ हजार १ सय ७५, बंगलादेशमा ३ हजार ६ सय ९४, ईटलीमा ३५ हजार ३ सय ९६ ,फ्रान्समा ३० हजार ४ सय १०, क्यानडामा ९ हजार २६ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ९ सय ३९ ,अफगानिस्तानमा १ हजार ३ सय ७५, माल्दिभ्समा २२, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय ४१ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय